१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

१५ किलो चरेससहित ४ पक्राउ

पोखरा–लागु औषध नियन्त्रण ब्युरो पोखराले १५ किलो चरेससहित ४ जनालाई पक्रेको छ । मकवानपुरबाट पोखरा ल्याउँदै गरेको चरेससहित बुधबार पक्राउ परेका चन्द्रबहादुर लो, मानबहादुर लो, बाबुलाल गोले र सन्तोष खत्रीलाई ब्युरोले बिहीबार सार्वजनिक गरेको हो।ब्युरो प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङका अनुसार चन्द्रकुमार र मानबहादुर लागु पदार्थ चरेसको मुख्य कारबारी हुन् भने गोले र खत्री ओसारपोसारमा संलग्न थिए। अवैध चरेस भनेर थाहा हुँदाहुँदै पैसाको लोभमा परेर बाबुलाल र सन्तोषले साढे ७÷साढे ७ किलो बोकेर पोखरा आएका थिए। चन्द्रकुमार र मानबहादुरले चरेस पोखरा पु¥याउन गोले र खत्रीलाई १० हजार दिएको बयान प्रहरीलाई दिएका छन्।

सन्तोष र बाबुलाललाई चरेस बोकाएर बसमा पठाएपछि चन्द्र र मानबहादुर मोटरसाइकल चढेर पोखरा आएका थिए। बुधबार साढे ४ बजे पोखरा के आइपुगेका थिए, झोला बोकेर आएका २ जना र अरु २ जनालाई प्रहरीले समातिहाल्यो । झोलामा चरेस बोकेर ल्याएको पनि उनीहरुले तुरुन्तै सकारे। 'पहिल्यै पाएको सुराकको आधारमा हामी उनीहरुलाई पर्खेर बसिरहेका थियौं,' इन्स्पेकटर गुरुङले भने, '४ जना भेला हुनासाथै समात्यौं ।'

उनीहरुले आधा—आधा किलोका पोका बनाएर चरेस पोखरा ल्याएको गुरुङले जानकारी दिए। पक्राउ परेकामध्ये सबैजना सामान्य साक्षरमात्रै रहेको गुरुङले बताए। प्रहरीले चन्दमान र मानबहादुरले चढेर आएको बा४९प ५७९७ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

ब्युरोले १५ दिनअघि पनि १५ किलो चरेससहित ५ जनालाई पक्रेको थियो। सराङ्कोटको हिमालयन भ्यु गेस्ट हाउसबाट लक्ष्मी र देउमाया पहारी, म्याग्दी दरबाङ–५ की ५० वर्षीया विष्णुकुमारी पुन, बागलुङ हरिचौर–९ का ५५ वर्षीय सुनबहादुर घर्तीमगर, बागलुङ लेखानी–६ का ६२ वर्षीय हरि पुन पनि समातिएका थिए। लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार २ देखि १० किलोसम्मको चरेस कारोबारीलाई अधिकतम १० वर्ष कैदसहित १ लाख रुपैयाँ जरिवाना हुन्छ ।

प्रकाशित: ६ फाल्गुन २०७२ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App