१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बस र अटो रिक्सा जुध्दा रौतहटमा तीन जनाको मृत्यु

फाइल तस्बिर

बस र अटो रिक्सा एकापसमा जुध्दा रौतहटमा तीन जनाको मृत्यु भएको छ।  

पूर्व–पश्चिम राजमार्गको रौतहट खण्डमा बिहीबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका २ मा रहेको पूर्वी लचका नजिकै बिहीबार बिहान ५ बजेतिर बस र अटो रिक्सा एकापसमा जुधेका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको सार्वजनिक बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०२–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सा एकापसमा जुधेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।  

दुवै सवारी साधन एकापसमा जुधेपछि अटो रिक्सामा सबार चार जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका सबैलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले तीन जनालाई मृत घोषित गरेका छन्।  

मृत्यु हुनेमा अटोमा सवार सर्लाहीको सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो रिक्सा चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ढकबहादुर लुंगेली मगरकी श्रीमती सबिना लुंगेली मगर घाइते भएकी छन्। घाइते मगरको दुवै खुट्टामा चोट लागेको छ। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।  

बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७९ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App