१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नुवाकोटको तारुकामा पहिरोले पोल ढल्दा धादिङमा विद्युत् अवरुद्ध

पहिरोले विद्युत पोलमा क्षति पुगेपछि धादिङबेसी आसपासको विद्युत् अवरुद्ध बनेको छ। आइतबार बिहान देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुद्ध बनेको हो।  

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ। १० वटा विद्युत पोलमा क्षति पुगेको छ। तारहरु चुँडेका छन्।  

सडकको पहुँचमार्ग नभएको ठाउँमा पोल नै भाँचिएकोले तत्काल मर्मत गर्न सकिने अवस्था छैन। नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा सुचारु गराउन करिब २ दिन लाग्ने विद्युत कार्यालयले धादिङले जनाएको छ। 

प्रकाशित: ३० श्रावण २०७९ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App