१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जीर्ण बन्दै पञ्चदेवल

संरक्षणको अभावमा ऐतिहासिक पञ्चदेवल जीर्ण बन्दै। तस्बिरः ललित बिष्ट

ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पञ्चदेवलहरुको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन्। कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म,सान्नीत्रिवेणी गाउँपालिकाको मेहलमुडी,शुभकालिका गाउँपालिकाको सुकाटियामा रहेका ऐतिहासिक सम्पदा संरक्षणको अभावले जीर्ण बन्दै गएका हुन्।  

कालिकोटमा रहेका पञ्चदेवलहरु परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला एकै रातमा निर्माण गरिएको विश्वास छ। अहिले पञ्चदेवलको संरक्षण र प्रचारप्रसार नहुँदा यसको महत्व कम भएको छ।  

पञ्चदेवल विशेष इतिहास बोकेको थलो भएकाले पनि पर्यटन प्रवद्र्धन र ऐतिहासिक दस्तावेजका रुपमा रहेको सम्पदा संरक्षण गर्न कुनै पनि निकायबाट प्रयास नभएको खाँडाचक्र नगरपालिकाकाकी चरना शाहीले बताईन्। ‘ऐतिहासिक धरोहर बोकेका पाँचवटा देवल भएका पञ्चदेवलहरु संरक्षणको अभावमा ओझेलमा परेका छन्,’उनले भनिन, ‘यी स्थानहरुको उचित संरक्षण र इतिहासको खोजी गरिनुपर्छ।’

सान्नीत्रिवेणी गाउँपालिका—६ मेहलमुडीमा रहेको पञ्चदेवल पाँचवटा देवल पूरै कलात्मक र आकर्षक भए पनि स्थानीय सरकारले संरक्षणमा ध्यान नदिँदा माटो र झारपातले पुरिने अवस्थामा रहेको स्थानीय अरुण केसीले बताए।‘मेहलमुडीमा रहेका देवलहरु पुरिन थालेका छन्, ’उनले भने, ‘संरक्षणको अभाव छ कुनै पनि सरोकारवाला निकायले ध्यान नदिँदा लोप हुने अवस्थामा छन्। पञ्चदेवल वरिपरी घेरबार छैन। कालिकोटमा रहेका पञ्चदेवलहरु संरक्षणको आवश्यकता रहेको छ।’

शुभकालिका गाउँपालिकाको सुकाटियामा रहेको पञ्चदेवलको अवस्था पनि उस्तै छ। ‘निमार्ण भएदेखि मर्मत गरिएको छैनन्, भएका देवलहरु पनि भत्किँदै गएका छन्’, स्थानिय कमल भट्टराले गुनासो गरे।  

कालिकोट जिल्लामा प्राकृतिक सम्पदा प्रचुर मात्रामा भएपनि उचित संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएका छन्। जिल्लामा नेपालको अग्लो पचाल झरना,पाण्डव गुफा,तिला गुफा,पञ्देवल,चुलिमालिका तथा पुग मन्दिर, त्रिवेणी पाटनलगायत क्षेत्र चर्चित रहेका छन्। यी सम्पदाका लागि बर्सेनि लाखौँ रकम छुटाउने गरिएको भए पनि उचित संरक्षणको अभाव कायमै रहेको छ।  

सान्नीत्रिवेणी गाउँपालिकाले ऐतिहासिक सम्पदा संरक्षणको लागि केहि बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष महेस केसी बताए। उनले भने यी ऐतिहासिक सम्पदा संरक्षण र विकासको लागि गाउँपालिकाले काम गर्ने बताए।

प्रकाशित: २५ श्रावण २०७९ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App