७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अख्तियारमा उजुरी: गण्डकीमा कास्की अगाडी गोरखा चौँथो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा सबैभन्दा धेरै कास्की जिल्लाको उजुरी दर्ता भएको छ। आर्थिक वर्ष २०७८-०७९मा चार सय ५७ उजुरी रहेको र ति मध्ये तीन सय २१ फर्छौट भएको र एक सय ३६ बाँकी छ। उजुरी संख्याका आधारमा गोरखा भने चौँथो स्थानमा छ।  

तनहुँको एक सय ३७, पर्वतको एक सय १५, स्याङ्जाको एक सय सात, बाग्लुङको ८९ र गोरखाको ७९ वटा उजुरी परेको कार्यालयले जनाएको छ। त्यस्तै, म्यादीको ६५, लमजुङको ४६, मनाङको १३ र मुस्ताङबाट १० वटा उजुरी परेको जनाएको छ। सबै गरेर प्रदेशभरि कुल ११ सय १८ वटा उजुरी परेको छ। तीमध्ये सातसय छ वटा उजरी फर्छौट भइसकेको छ भने चार सय १२ वटा उजुरी फर्छौट हुन बाँकी रहेको सूचना अधिकारी राजु कुँवरले बताए। यी मध्ये अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित छन्।  

गोरखाबाट ५० उजुरी दर्ता भएको थियो भने अघिल्लो वर्षबाट २९ वटा उजुरी जिम्मेवारी सरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ। स्थानीय तहतर्फ ४४ वटा, प्रदेश तर्फको २० वटा र संघतफको १५ वटा उजुरी परेको सुचना अधिकारी राजु कुँवरले जानकारी दिए।

स्थानीय तहको तर्फबाट ४४ वटा उजुरीमध्ये ३४ वटा उजुरी फर्छौट भइसकेको र १० वटा फर्छौट हुन बाँकी रहेकाे उनले बताए। संघततर्फ १५ वटा उजुरी परेकोमा नौ वटा फर्छौट भइसकेको र छ वटा बाँकी छ। प्रदेशतर्फ २० वटा उजुरी परेकोमा १० वटा फर्छौट भइसकेका र १० वटा बाँकी रहेको सूचना अधिकारी कुँवरले बताए।

प्रदेशका हरेक जसो मन्त्रालय अन्तरगतका उजुरी परेका छन्। भौतिक पूर्वाधारसँग सम्बिन्धित उजुरी पनि धेरै छ।

प्रकाशित: २२ श्रावण २०७९ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App