१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीको विभेदपूर्ण सरुवामा नगर प्रमुख र प्रशासकीय अधिकृतको चलखेल

स्वास्थ्य कर्मचारीको सामूहिक रुपमा गरिएको मनोमानि ढंगबाट नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको चलखेल भएको खुलेको छ। स्वाथ्यकर्मीको  सरुवाप्रति असन्तुष्ट स्थायी र करारका स्वास्थ्य कर्मचारीले राजापुर नगरपालिकामा रहेका स्वास्थ्य संस्था बिहीबार दुई घण्टा ठप्प पारे।

दुई दिनदेखि आन्दोलित स्थायी र करार स्वास्थ्यकर्मीको माग सुनुवाइ नहुँदा स्थायी र करारमा रहेका स्वास्थ्यकर्मीले दुई घण्टा कामकाज ठप्प पारको स्वास्थ्यकर्मीको भनाइ छ। स्थानीय तहको चुनाव पश्चात शिक्षक कर्मचारीको दलिय विवरण माग्दै विद्यालयका प्रध्याअध्यापकलाई प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पत्राचार गरेपछि नगर प्रमुख थारु र सुवेदीको बदनियत भएको खुलासा भएको शिक्षाकर्मी बताउँछन्।

पार्टी खुलाएर पठाउन उल्लेख गर्दे प्रअलाई शिक्षकको विषयमा पटक पटक आक्रान्त बनाएपछि नगर प्रमुख थारु र अधिकृत सुवेदीको चर्को आलोचना भइरहेको छ। ‘कुन पार्टीको शिक्षक हो भन्ने प्रअलाई कहाँ थाहा हुन्छ,’एक प्रअले भने,‘अधिृकत सुवेदी माओवादी निकट भएका कारण माओवादी शिक्षकलाई राजीनामा दिन लगाए, तर ती शिक्षक समाजका सामु आलोचित भइरहेका छन्।'

पटक-पटक खरिद ऐन मिचेको विवादमा मुछिएका आरोप लागेको राजापुर नगरपालिकाका नगर प्रमुख थारु र प्रशासकीय अधिकृत सुवेदी पुनः स्वास्थ्यकर्मीको सरुवा विवादमा मुछिएका हुन्। आन्दोलित  स्वास्थ्य कर्मचारीले कार्यविधि नबनाइ, स्वास्थ्य शाखासँग समन्वय नगरी आफ्नो मनोमानी, पूर्वाग्राही र विभेदपूर्ण तरिकाले स्वास्थ्यका कर्मचारीहरुको सरुवा गरेको उल्लेख गर्दे नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन्।

स्वास्थ्य शाखासँग कुनै समन्वय तथा सहकार्य नगरी हचुवाको भरमा कसैको व्यक्तिगत स्वार्थ पूरा गर्ने गरी कर्मचारीहरुको सामूहिक सरुवा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले बताए। ‘जोखिम मोलेर कोरोना कहरमाा खटिएका कर्मचारीलाई नगर प्रमुखको सहयोग लिएर निर्मम प्रहार भएको छ’ उनले भने,‘आफूखुसी सरुवाको हामीलाई अमान्य छ, बलजफ्ती गरिएको सरुवा स्वयम वडाका जनप्रतिनिधि खुसी हुनुहुन्न।’

प्रतिसोध साधेर गरिएको सरुवामा नगर प्रमुख थारु र प्रशासकीय अधिकृत सुवेदीको उद्देश्य सरुवामा असन्तुष्ट धर्नामा आएका करारका कर्मचारी निकालेर कार्यकर्तालाई कर्मचारीमा भर्ना गर्ने योजना अनुरुप काम गरेको स्वास्थ्य कर्मचारीहरुको आरोप छ।

कोरोना संक्रमणको महामारी फैलिरहेको बेला र यस मौसममा बाढी, पहिरो, कोरोना जस्ता विभिन्न रोगहरुको माहामारी हुन सक्ने संवेदनशील समयमा गरिएको सरुवाले विपद तथा महामारीको रोकथाम, व्यवस्थापन तथा प्रतिकार्यमा बाधा पुग्न गएमा स्वास्थ्य तर्फका कर्मचारी जिम्मेवार नहुने कुरा ज्ञापनपत्रमा उल्लेख छ।

हचुवाको भरमा गरिएको सरुवा बदर गर्न  माग गर्दे पूरा नभएमा आगामी दिनहरुमा आन्दोलनको थप कार्यक्रम गरिने व्यहोरा उल्लेख छ। संघीय मामिला मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा उपसचिवको दरबन्दी छ तर अर्जुन सुवेदी शाखा अधिकृत हुन्।

सुवेदी माओवादी प्रदेश कमिटी सदस्य समेत रहेको स्वास्थ्य कर्मचारीहरुको दाबी छ। प्रमुख प्रशासकीयलाई सुवेदीलाई सर्मथन गर्दे सरुवा गरिएको कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर नभए करार नवीकरण बर्खास्त गर्ने र स्थायी कर्मचारीलाई कारबाही गर्ने नगर प्रमुख थारुको भनाइ छ।

प्रकाशित: १९ श्रावण २०७९ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App