१६ चैत्र २०८० शुक्रबार
समाज

'सप्तकोसी कटानको जोखिम बढीरहेको छ, टापुका जनतालाई उद्धारको प्रयास भइरहेको छ'

सप्तकोसी नदीले कटान गरेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईसँग सिराहाको लहानस्थित नागरिक संवाददाता मिथिलेश यादवले बाँध कटान, डुबान र उद्धारका विषयमा गरेको संक्षिप्त कुराकानी।

२०४४, ४५ र ४६ साल तिर यही धारमा कुदिराखेको थियो, सप्तकोसी नदी। अहिले फुटेर पूर्वपट्टीबाट भँगालो गइरहेको छ। बेलका नगरपालिकाको वडा ८ मा फुटेको हो। वडा नम्बर ८ को सिसोली बस्ती र वडा नम्बर ३, ९ र २ नम्बर प्रभावित क्षेत्र हुन। सबै गरेर १६ सय घरधुरी प्रभावित भएका छन्। करिब १० हजार जनसंख्या पिडित र प्रभावित छन्। डुबान पीडितहरु भएको ठाँउमा जान सकिएको छैन। उनीहरु सम्पर्क भने भइरहेको छ। डुंगाबाट उद्धार गर्ने प्रयास गरिरहेका छौं।  

अहिलेसम्म मानविय र जनधनको कुनै क्षति भएको छैन। हामी उद्धार प्रक्रियामा लागिरहेका छौं। पानी बढेको बढ्यै छ। रोकिएको छैन। पानी ठूलै छ। जोखिम बढ्ने स्थिति कायम छ। यसअघि भारत सरकारले यही स्थान त्रिखुट्टी लगाएर कोसीको पानी रोक्ने प्रयास गरेको थियो। त्यसले थाम्न पनि सकेन। स्थानीय तहले पनि निकै पहल गर्याे कोसीलाई रोक्न सकिएन। धेरै घाँस र बास रोप्ने, बाँध बाध्ने काम पनि भयो। तर सप्तकोसी भएको हुनाले नियन्त्रण भन्दा बाहिर गयो। हामीले पीडितहरुलाई जोगाउन त पर्यो नै नदीको बीच भागको टाँपुमा बसिरहनु भएको बस्तीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने कोसिस गरिरहेका छौं। टापुमा १५ देखि १६ सय घरधुरी छन्।

प्रकाशित: १८ श्रावण २०७९ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App