१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

माटो नजोगाए माटोसँगै मानव जीवन समाप्त हुने चेतावनी

समयमै माटो नजोगाए माटोसँंगै संसारबाट मानव जीवन नै समाप्त हुनसक्ने गम्भीर चिन्ता आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा व्यक्त गरिएको छ। संसारको झण्डै आधाआधी माटो मरुभूमिमा परिणत भई नष्ट भएको र यही रफतारमा माटो नष्ट हुँंदै जाने हो भने अवको ६० वर्षमा सम्पूर्ण माटो नष्ट हुने योसँंगै भोकमरीले मानव जीवन नै नष्ट हुने चेतावनी उनीहरुले दिए।  

माटो बचाऔं अभियानमा देश दौदाहामा हिडेका अभियन्ता पर्वतका यमबहादुर चोचाङ्गी पुन (नवीन पुन मगर)ले मानव अस्तित्व जोगाउने हो भने माटो जोगाउनुपर्ने बताए। ‘पहिला म पनि धेरै मानिसहरु जस्तै पैसा, पद र प्रतिष्ठा भयो भने सवै कुरा सम्भब छ भन्थान्थे, उनले कार्यक्रममा भने, तर जव माटोको महत्व बुझे त्यसपछि माटो नै सवैथोक हो भन्ने बुझें।’

हरेक सेकेण्ड करिव आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था (यूएनसीसीडी)को तथ्यांक रहेको भन्दै उनले यही गतिमा माटो नष्ट हुँंदै जाने हो भने मानव जीवन सम्भब नभएको बताए।  

कुल उर्वर भूमिको ५५ प्रतिशत माटो मरुभूमि बनिसकेको भन्दै अव पनि यस विषयमा सचेत नरहे आगामी ६० वर्षमा शतप्रतिशत माटो नष्ट हुने र यसपछि उर्वराशक्ति हिन भई उव्जाउ नुहने उनले बताए। यसपछि खाद्यान्नको हाहाकार मच्चिएर मानव वस्ती नै सखाप हुने गम्भीर खतरा उनले औंल्याए।  

उनको अध्ययन अनुसार माटोमा तीनदेखि ६ प्रतिशत अर्गानिक तत्व हनुपर्छ। तर अहिले त्यो घटेर एक दशमलब आठ प्रतिशतमा सिमित छ। त्यसकारण माटोको उर्वराशक्तिलाई जोगाइराख्न माटोलाई जोगाउनुपर्ने उनको भनाई थियो।  

उनले माटो भगवानसरह भएको पटकपटक दोह्याए। त्यसैले माटोलाई जोगाउन ढिला गर्न नहुने उनको भनाई थियो। माटो जोगाउने महाअभियानमा लाग्नउ उनले सवैसँंगै विशेष अनुरोध गरे। उनले माटो बचाउन ढिला भइसकेकोले आजैबाट सुरु गर्न सवैसँंग अनुरोध गरे।  

माटो वचाऔं अभियानमा देश दौदाहामा हिडेका अभियन्ता पुन शनिबार भक्तपुर पुगेका थिए। जहाँं पुग्यो त्यहाँं माटो जोगाउन अनुरोध गर्ने उनले आइतबार एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा माटो बचाऔं अभियान अन्तर्गत कार्यक्रम गरेका थिए। कार्यक्रम स्कुलको खुल्ला ठाउँंमा भएको थियो। कार्यक्रममा स्कुलका एक हजार भन्दा वढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।  

पुनले काठमाडौंबाट ३५ दिन अगाडिबाट माटो जोगाऔं अभियानका साथ पैदल यात्रा सुरु गरेको जनाए। उनको यात्रा पूर्वी जिल्लाहरु सकेर भक्तपुर पुगेको र सोमबार काठमाडौं पुगेर पत्रकार सम्मेलन गर्ने उनले जनाए। पत्रकार सम्मेलन सकेलगतै पश्चिम हानिने उनले जनाए।  

उनको योजना ७० दिनको छ। यो वीचमा उनले तीन हजार पाँंच सय किलोमिटर यात्रा गर्ने तय गरिएको छ। हालसम्म पूर्वी जिल्लाहरुमा पुगेर अभियान चलाएको र यात्राले ३५ औ दिनमा एक हजार पाँंच सय ३१ किलोमिटरको यात्रा पूरा भएको उनले बताए। काठमाडौबाट सुरु भएको यात्रा पूर्वी नेपाल सकेर पश्चिम नेपाल हुँदै ललितपुर पुगेर सम्पन्न गर्ने योजना उनको छ। यात्रा सकेपनि मेरो यो महाअभियान सकिने छैन, उनले कार्यक्रममा भने।  

कार्यक्रममा एभरेष्ट इगलिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔं अभियान महान भएकोले सवै विद्यार्थीलाई पनि कार्यक्रममा सहभागी गराएको जनाए। उनले माटो जोगाउने अभियानसँंगै कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए। उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इतयादि गरेर माटो जोगाउने सकिने जनाए।  

माटो जोगाउने अभियानलाई सवैसामु पुयाउन प्रधानमन्त्रीलाई यसबारे चिठी लेखेर पठाउने कार्यक्रम पनि रहेको कार्यक्रममा बताइयो। त्यस अनुसार स्कुलका विद्यार्थीलाई यसबारे चिठी लेखेर पठाउन लगाउने बचन स्कुलका प्रिन्सिपल राजभण्डारीले दिए।

प्रकाशित: १ श्रावण २०७९ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App