काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले जानकारी दिएका छन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
प्रकाशित: २० असार २०७९ ०९:३३ सोमबार