१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खेतमा धान रोपेर गौरका नगर प्रमुखले मनाए धान दिवस

रौतहटको गौरका नगर प्रमुख शम्भु साहले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्। किसानको खेतमा पुगेर नगर प्रमुख साहले रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्।  

सदरमुकाम गौरमा नगर प्रमुखले धान दिवसमा धानको रोपाइँ गरेको यो पहिलो पटक हो। नगर प्रमुख साह आफैँ खेतमा पुगेर धान रोप्न थालेपछि किसान तथा कृषि मजदुरहरु खुसी भएका छन्। बिना कुनै तामझाम नगर प्रमुख साहले धानको रोपाईँ गरेका हुन्।

रौतहटको मुख्य बाली धान रहेको र धानखेती गर्न कसैले अप्ठ्यारो मान्न नहुने सन्देश नगर प्रमुख साहले दिएको गौरका विक्रान्त विक्रम नेपालले बताएका छन्। नगर प्रमुख साहले धान दिवस मनाउँदै किसानसित धान रोपेर सबै वर्गका मानिसले हिलोमाटोमा खेती गरेर देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताएका छन्।  

धान रोपाइँ गरिसकेपछि नगर प्रमुख साहले रोपाहारसित बसेर दही, चिउरा र आँप पनि खाएका छन्। राष्ट्रिय संस्कृतिको प्रर्वद्धनमा हरेक नागरिकको भूमिका हुनुपर्ने नगर प्रमुख साहको भनाइ छ।

प्रकाशित: १५ असार २०७९ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App