१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पार्क बनाउने कि भवन?

सह शीर्षक<div><br></div>

काठमाडौंको भिमसेनगोला मार्गस्थित समाजकल्याण परिषद्को नाममा रहेको खाली जमिन। स्थानीयले उक्त खाली जमिनमा पार्क बनोस् भन्ने चाहना राखेका छन्। तस्बिरःउपेन्द्र/नागरिक

‘रानी ऐश्वर्यको पालमा एक दानवीरे समाज कल्याण परिषद्लाई १४ रोपनाी दान गरे, जुन हाल तारबारले सुरक्षित छ,’ सामाजिक सञ्जालमा नन्दनप्रसाद अधिकारी लेख्छन्, ‘पुरानो बानेश्वरमा कुनै पनि पार्क नभएकोले उक्त जग्गालाई कामपा–३१ अन्तर्गत ल्याई पार्क बनाउन सके जनजनको आशीर्वाद मिल्थ्यो।’

अधिकारीले काठमाडाैं महानागरपालिका मेयर बालेन्द्र साहलाई ट्याग गरेको यो ट्विटसँगै लामोसमयदेखि खालीजस्तै अवस्थामा रहेको उक्त जमिनबारे सर्वसाधारण र जनप्रतिनिधिको चासो बढेको छ। घनाबस्तीको माझमा रहेको उक्त खाली जमिनको सही सदुपयोग भएमा जेष्ठ नागरिकदेखि केटाकेटीसम्मले राहतको सास फेर्न पाउने उनीहरूको भनाइ छ।  

‘एकछिन कतै आराम गर्ने ठाउँ पनि छैन, कात्यायनीचोकनजिकैका सुवास श्रेष्ठले भने, ‘यो जमिनमा नगरले पार्क बनाइदिए सुनमा सुगन्ध हुने थियो।’ केटाकेटीहरूलाई बिहान बेलुका एकछिन खेलाउने ठाउँको समेत अभाव हुँदै गएको उनले सुनाए।  

सर्वसाधारणको कुरासँग यहाँका जनप्रतिनिधि पनि सहमत छन्। उक्त जमिन रहेको वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकाल पार्क बनाउने योजनामा नगर रहेको सुनाउँछन्। समाज कल्याण परिषद्को नाममा रहेका कारण समस्या भएको बताउँदै नगरको नाममा ल्याउन प्रयासरत रहेको उनले सुनाए।

‘उतिबेला रानी ऐश्वर्य अध्यक्ष रहेको समयमा कसैले दानगरेको जमिन हो,’ ढकाल भन्छन्, ‘अहिले यो खालि जमिन नगरबासीको सास फेर्ने उत्तम ठाउँ हुन सक्छ।’ उक्त जमिनमा सानो भागमा बौद्धिक अपाङ्गता भएकाले पढ्दै आएको विद्यालय रहेको जनाउँदै उक्त विद्यालयलाई सुरक्षित राखेर पनि खाली जमिन प्रशस्त निस्कने उनले सुनाए।  

यता समाज कल्या णपरिषद्का पदाधिकारी भने आफूहरूको बस्ने भवन नभएका कारण उक्त स्थानमा भवन बनाउन चाहेको बताउँछन्। ‘उक्त स्थानमा केन्द्रीय कार्यलय बनाउने योजना छ,’ सूचना अधिकारी दुर्गाप्रसाद भट्टराई भन्छन्, ‘सरकारले बजेट नछुट्याएका कारण काम सुरु भने हुन सकेको छैन।’ तर वडाध्यक्ष ढकाल भने लैनचौरमा रहेको समाजकल्याण परिषद्को केन्द्रीय कार्यलय रहेको ठाउँमा उपराष्ट्रपतिको भवन बनेसँगै उसले कार्यलय बनाउन चाहेपनि आफूहरूले विरोध गरेको सुनाउँछन्।  

‘सर्वसाधरण पनि यहाँ भवन बनाउन दिन चाहेका छैनन्,’ उनी थप्छन्, ‘बाक्लो सहरमा यति खाली ठाउँ निकै नै जरुरी भइसकेको छ।’ समाजकल्याण परिषद्को अन्य थुप्रै ठाउँमा जमिन रहेको र त्यही कार्यलय बनाइदिए राम्रो हुने उनको आग्रह छ। यो ठाउँ अहिले खासै उपयोगमा नरहेकाले पनि पार्कको लागि उचित हुने उनको तर्क छ।

प्रकाशित: १४ असार २०७९ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App