२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यायाधीश र अधिवक्ताबीचको अडियो प्रकरणबारे छानविन गर्न नेपाल बारको माग

नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।  

मंगलवार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई घुस खाएर धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको संवाद सार्वजनिक भएको थियो।  

सोही संवादलाई लिएर बारले सो प्रकरणको आधिकारिकता र सत्यतथ्य अनुसन्धान गरी कसैको संलग्नता पुष्टि भएमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो।  

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले सो अडियो प्रकरणमा एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको बताइन्। उनले छनबिनबाट कसुरदार ठहरिनेलाई कारबाही गर्न बारले माग गरेको बताइन्। उनले भनिन, ‘बार त जहिल्यैपनि न्यायपालिकाको शुद्धिकरणमा लागिरहेकै संस्था हो। जुन हिजो न्युज–२४ मा जुन कार्यक्रम आयो, त्यो कार्यक्रमपछि बारले गम्भीर ध्यानाकर्षण गरायो त्यसमा। किनभने बारकै पदाधिकारी मध्येबाट निःवर्तमान हुनुभएका रुद्रप्रसाद पोखरेल र माननीय न्यायाधीश राजकुमार कोईरालाबीच जुन संवाद भयो, बार त एउटा कस्तो निकाय हो भने वाचडग हो। वाचडग हुँदाहुँदै पनि कारबाही गर्नसक्ने निकाय त होइन। त्यसकारणले त्यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण गराउँदै हामीले उहाँहरुको यदी सत्यतथ्य सार्वजनिक भयो। यदी कसुरदार ठहरिनुभयो भने उहाँहरुलाई कारबाही होस् भनेर बारले माग ग¥यो। सम्बन्धित निकायपट्टी, जस्तो बार काउन्सिल हुनसक्छ। न्यायपरिषद् हुनसक्छ। व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था जोड्न पाइँदैन। संस्थाभित्र त्यस्तो नियत भएको व्यक्ति हुनुहुँदो रहेछ भन्ने जान्नुपर्‍यो हामीले। व्यक्ति प्रवृतिसँग जोडिन्छ। त्यो प्रवृतिलाई हामीले निस्तेज गर्ने हो। हाम्रो विज्ञप्ती पनि त्यहीसँग जोडिएको छ।’

उनले व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था नजोडिने भन्दै नेपाल बार एशोसिएशन न्यायालयको शुद्धिकरणमा लागिरहेको बताइन्। उनले एशोसिएशनमा आवद्ध व्यक्तिहरुमा रहेको त्यसप्रकारको प्रवृत्तिलाई निस्तेज गर्ने पनि बताइन्।

प्रकाशित: ८ असार २०७९ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App