४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा दुई बालबालिकाको मृत्यु

मोरङको बेलबारीमा खाल्डोमा डुबेर र रतुवामाई नगरपालिकामा दुर्घटनामा परेर २ जना बालबालिकाको मृत्यु भएको छ।  

रतुवामाईमा खाल्डोमा डुबेर बालक र बेलबारीमा दुर्घटनामा परेर बालिकाको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। रतुवामाई–१ मुस्लिम टोलका साकिर आलमका छोरा २ वर्षीय जासिद आलमकाको शव खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो। 

घरदेखि ३० मिटरजति उत्तरमा रहेको सार्वजनिक कलको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताए। शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी–२ स्थित सडकमा रोकेर राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ८२२३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बालिकको मृत्यु भएको छ। बेलबारी–१० का रविन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।  मृतक बालिका मोटरसाइकलमा बाबुआमासँगै सवार थिइन्। 

दुर्घटनामा परेर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रविन र पछाडि सवार उनकी श्रीमती अन्दाजी ३० वर्षीया बन्दना राईको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०७९ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App