१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम आयोजित

रौतहट र सर्लाहीको बिचमा बहने बागमती नदीमा उद्धार अभ्यास तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशको आयोजनामा शनिवार नुनथरमा अवस्थित बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम भएको हो।

मधेस सरकारको गृह तथा संचार मन्त्री भरत साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी महम्मद मसाउद अलि खाँ तथा सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता गण बर्दीबासका प्रमुख डिआइजी गणेश ठाडा मगरको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी ठाडा मगरले कार्यक्रमले उद्धारमा खट्ने प्रहरीको अभ्यास हुने, हौसला प्रदान हुने तथा सर्वसाधारणलाई पनि उद्धारबारे जानकारी हुने विश्वास व्यक्त गरेका छन्।

मनसुन सुरु भइरहेकोले बाढी र डुबानको क्षेत्रमा यस्ता तालिमको उपयोग प्रहरीले गर्ने गरेका छन्। मनसुन र विपद् सम्बन्धी कृत्रिम उद्धार अभ्यास गरिएको भए पनि अभ्यासले साँच्चिकै संकटको समयमा सर्वसाधारणको जिउ धनको सुरक्षा गर्न मद्दत पुग्ने विश्वास लिएको डिआइजी ठाडा मगरले बताएका छन्।

बागमती नदीमा उद्धार अभ्यास हेर्न पनि ठूलो मात्रामा मानिसको सहभागिता रहेको थियो।

प्रकाशित: ४ असार २०७९ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App