२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

चेक अनादर मुद्दामा फरार महिला पक्राउ

चेक अनादर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत सुर्खेतले चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएकी वीरेन्द्रनगर–१० की ३६ वर्षीया मञ्जु विकलाई पक्राउ गरेको हो।  

‘प्रदेश प्रहरीको ब्युरो कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार अदालतले चेक अनादर मुद्दामा कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेको हो,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘पक्राउ परेकी महिलालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा बुझाएका छौं।’

प्रकाशित: ३० जेष्ठ २०७९ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App