१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सहमति पछि गुलरिया राजापुर अवरुद्ध सडक सुचारु

सोमबारदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक आज दिउँसोबाट सुचारु भएको छ। मृतक पक्ष र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको हो।  

प्रहरीको गोलीप्रहारबाट मृतक परिवारलाई २० लाख क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटना घटेको ठाउँमा मृतकको सालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, प्रहरीको गोली लागी घाईते राकेश चौधरीको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्न अनुरोध गर्ने सर्तमा सहमति भएको छ। 

राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्गमा वन्यजन्तु र मानवबीच द्वन्द्वको स्थायी समाधान खोज्न सरकारलाई माग गर्ने लगायत सहमति भएपछि सडक सुचारु भएको छ। तीन दिनदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक सुचारु भएको छ।

सोमबार बिहान खेतमा काम गर्न गएकी मधुवन नगरपालिका–२ सोनाहा गाउँकी ४१ वर्षीय अस्मिता थारुलाई बाघले आक्रमण गरि घाईते बनाएपछि स्थानीयले क्षतिपुर्ति र बाघ आक्रमण न्युनिकरण गर्न वन क्षेत्रलाई तारवार गर्नुपर्ने माग गर्दै सडकमा प्रर्दशन गरिरहेका थिए। ओराली बजारमा प्रदर्शन गरी गुलरिया राजापुर सडक स्थानीय प्रदर्शनकारीले अवरुद्ध गरेका थिए। 

अवरुद्ध सडक खुलाउनप्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा प्रहरीको गोलीप्रहारबाट सोमबार साँझ मधुवन नगरपालिका–२ की १९ वर्षीया नविना चौधरीको घटनास्थल मै मृत्यु भएको थियो। सोही ठाउँका २२ वर्षीय राकेश चौधरी गम्भिर घाईते भएका थिए। गोली लागी घाईते भएका चौधरीको नेपालगंज उपचार भईरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App