५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय सुरक्षाकर्मीको कुटाईबाट एक नेपाली घाइते

मटिअर्वा नाकामा भारतीय सुरक्षाकर्मीविरुद्धमा प्रदर्शन

भारतीय सीमा सुरक्षा बलको विरोधमा प्रदर्शन गर्न मटिअर्वा नाकामा पुगेको स्थानीयहरु।

भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट अटिअर्वा नाकामा मंगलबार एक नेपाली नागरिक घाइते भएका छन्। एसएसबीको कुटाईबाट कलैया उपमहानगरपालिका  १० अटिअर्वाका सजिल मियाँ घाइते भएका बारा प्रहरीले जनाएको छ ।

भारतको आदापुर बजारमा किनमेल गर्न जाँदै गरेको मियाँलाई कुटपिट गरिएको विरोधमा मटिअर्वाका स्थानीयहरुले भारतीय सीमा सुरक्षा बलकाे विरुद्धमा प्रदर्शन समेत गरेका छन्।

भारतीय एसएसबीले नेपालबाट आदापुर बजारबाट माल सामान किन्न आउने नेपालीहरुमाथि ज्यादती गरेको देखेर भारतीय गाउँ लालाछप्राका स्थानीयले समेत मंगलबार बिहानै विरोध गरेका थिए।  

कुटपिटबाट घाइते मियाँको कलैया अस्पतालमा उपचार गराई घर फर्काइएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपाली कुटने भारतीय एसएसबीको जवानलाई कारबाही गर्न भारतीय दुतावासको जानकारी गराइएको बताएका छन्।

प्रकाशित: २४ जेष्ठ २०७९ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App