१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

धोबीखोलामा पुरुषको शव फेला

काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिए।  स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए। त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताए। रासस

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App