१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमानले गरे श्रीमतीमाथि छुरा प्रहार

मोरङको उर्लाबारी नगरपालिका–८ आइतबारेमा श्रीमान (पति)को छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन्।  

सोमबार राति ९ बजेतिर ३५ वर्षीया कुमारी महरालाई उनका श्रीमान् ४० वर्षीय सुमन महराले छुरा प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। ‘मादक पदार्थ सेवन गरेर आएका सुमनले पारिवारिक विवादपछि श्रीमतीको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘घाइते भएकी उनको अवस्था अहिले सामान्य रहेको छ।’  

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ। सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका सुमनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा म्याद थप गर्ने डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: १७ जेष्ठ २०७९ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App