८ वैशाख २०८१ शनिबार
समाज

न्यायालयको अवस्था सुधारोन्मुखः कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

आइतबार नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिलेभन्दा सुधार भएको बताए।

उनले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्छ्यौट बढेको बताए। उनले आफू नेतृत्वमा आउँदा मुद्दाको फर्छ्यौट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए। उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उनले उल्लेख गरे।

का.मु. प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए। उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए।

उनले अटोमेशनमा जानका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App