२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।  

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।  

उनका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारीसाधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भएको छैन।  

बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रमममा चौधरीको शनिबार राति पौने १० बजेतिर र धिमालको आइतबार (आज) बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App