१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुख्खा पहिरो खस्दा एक जना घाइते

नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

आज सवा ५ बजे सडक खण्डको चार किलो स्थित नाग्दि खोला नजिक माथिबाट सुख्खा पहिरो खस्दा कारमा सवार कावासोतीका टीकाराम महतो घाइते भएका हुन्। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अन्य कोहि कसैलाई केही भएको छैन। माथीबाट खसेको सुख्खा पहिरोले मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको ग१ख-९९०९ नम्बरको हाईस र सोही दिशाबाट जाँदै गरेको प्र.-३-०१-०२३च-०५३५ नम्बरको कारमा क्षती गरेको छ। सुख्खा पहिरो झरे सँगै सो सडक अवरुद्ध बनेको छ। अहिले पहिरो हटाउन मुग्लिन प्रहरीको कमाण्डमा टोली खटिइएको छ। 

प्रकाशित: १४ जेष्ठ २०७९ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App