६ वैशाख २०८१ बिहीबार
समाज

मिनी टाटाको ठक्करबाट खड्काको मृत्यु

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको आज बिहान मृत्यु भएको हो।

मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App