१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी यातनाको छानबिन गर्न समिति गठन

भोजपुर-भोजपुरको रानीबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको घटनाप्रति जिल्लामा सर्वत्र आलोचना भएको छ। घटनालाई लिएर सर्वत्र चासो ब्यक्त हुन थालेपछि प्रहरीले छानबिन समिति समेत गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक आमोद खेरवारको संयोजकत्वमा प्रहरीले छानबिन समिति गठन गरेको छ।छानबिन समितिले स्थलगत अध्ययन गरी बुझाएको प्रतिबेदनका आधारमा घटनामा संलग्न दोषी उपर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए। छानबिनका लागि खेरवारको टोली घोरेटार गएको छ। इलाका प्रहरी कार्यालय घोरेटारमा व्यक्तिगत लेनदेनको विषयमा परेको उजुरीका आधारमा गत साउन ३१ गते प्रहरीले रानीबास–२ पेक्लाका ५५ बर्षिय रहरमान राईलाई प्रकाउ गरी निर्मम कुटपिट गरेको थियो।

प्रहरीको कुटाइबाट गम्भिर घाइते भएका राइको जिल्लामा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार शुरु भएको छ। गम्भिर घाइते बनेका राईको शरिरभरी निलडाम र चोट छ भने कम्मर मुनीको भाग अझै चल्न नसकेको आफन्तले बताएका छन्। परिवारले घटनामा संलग्न प्रहरीलाई कडा कारबाहीको माग राखेका छन्। राईलाई रानीबास–३ का गंगाराम राई, सानीमाया राई, कौशिला राई, सर्मिला राई, प्रमिला राईले संयुक्त रुपमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो।

पीडित राईले श्रीमति मनमाया राईमार्फत केहीवर्षअघि विदेश जानको लागि छिमेकी देशबहादुर राईको श्रीमति सुमित्रा राईसित १७ हजार दुई सय रुपैंयाँ ऋण सापटी लिएका थिए। सोही ऋण समयमा तिर्न नसकेपछि सुमित्रा राईको छोरीहरु सर्मिला राई, कौशिला र प्रमिला राईले उक्त लेनदेनमा साक्षी बसेका गंगाराम राई र उनको श्रीमति सानीमाया राई समेतले प्रहरीलाई उजुरी दिएका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरिक्षक चिरन्जिवि दाहालले गल्ति भएको स्विकार गरिसकेका छन्। प्रहरीले ठगी, लुटपात, चोरी डकैती सम्बन्धि मुद्धा मात्रै अनुसन्धान गर्छ, व्यक्तिगत लेनदेनको मुद्धा हेर्देन डिएसपी लम्साल भन्छन्, घटनामा संलग्न प्रहरीलाई कारबाही हुन्छ।

प्रकाशित: ४ भाद्र २०७२ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App