६ वैशाख २०८१ बिहीबार
समाज

स्याङ्जा जीप दुर्घटनाः १४ जनाको पोष्टमार्टम हुँदै, आजै अन्त्येष्टि गरिने

शुक्रबार जीप दुर्घटनामापरी मृत्यु भएका १४ जनाको गहौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम हुँदैछ। 

वालिङ नगरपालिका १४ अर्खलबासमा जीप दुर्घटनाका मृतकहरुको पोष्टमार्टम पाश्चात आजै राम्दीघाटमा अन्त्येष्टि हुने भएको छ। सिर्खेदेखि अर्खलबास हुँदै तिवारी पसल मतदान केन्द्र जाँदै गरेको ग२च ३०२६ नम्बरकोजीप सिर्खे टोलमा दुर्घटना भएको थियो।

मृतकको परिवार र आफन्तले जीपधनी र प्रशासनसँग क्षतिपुर्तिको माग गरेपछि पोष्टमार्टम रोकिएको थियो। मृतकहरुको परिवारलाई वालिङ नगरपालिकाले जनाही २५ २५ हजार दिइने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टाईले बताए। 

उनीहरुलाई नगरपालिकाको विपद कोषबाट २५ हजार दिइने भएको हो। साथै मृतकहरुको शव व्यवस्थापन खर्च समेत नगरपालिकाले व्याेहोर्ने भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App