coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पचरौताको दुई केन्द्रमा मतदान रोकियो

पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधका कारण मत खसाउने कार्य रोकिएको हो।

मूख्य निर्वाचन अधिकृतसहित पचरौता २ श्रीनगर बैरिया पुगेका बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निर्वाचन अधिकृतलाई नियम अनुसार काम गर्न निर्देशन गरेर फर्केको बताएका छन्। बढी मत खसेको भनिएको दुई वटै मतदान केन्द्रमा कति मत रहेको र कति खसाइएको त्यसको विवरण माँग गरिएको र विवरण आएपछि पुनः मतदान गराउने कि रोकिएको मतदानलाई सुचारु गर्ने प्रजियले बताए।

बढी मत खसाइएको पाइएपछि त्याहा पुनः मतदान गर्न माग गरी मत खसाउने कार्यलाई रोकिएको प्रमुख पदका प्रत्याशीहरुले गुनासो गरेका छन्। नेपाली कांग्रेसबाट पचरौता नगरपालिकाको प्रमुख पदका प्रत्याशी मनीभुषण यादवले श्रीनगर बैरियाको दुई मतदान केन्दलाई कब्जामा लिएर एउटा सूर्य र अर्का छाता छापमा भोट हालेको आरोप लगाएका छन्।

कतिपय मतदाता घरमै भएको अवस्थामा उनीहरुको नाममा मत खसाइएको र अर्को  मतदाता संख्या भन्दा पनि मत खसेकोले यहाँ पुनः मत दान गर्नु पर्ने माँग यादवले गरे। बिहानै बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको थियो।

नेपाली कांग्रेस र लोसपाका कार्यकर्ता पक्षबीच विवाद सुरु हुनसाथ झडप भएको थियो। झडपको कारणले केही समय मतदान कार्य अवरुद्ध भए पनि अहिले मतदान दिने कार्य पुनः सुरु भएको प्रजिय कटुवालले बताए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। झडप पछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App