५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

केराबारीमा एमाले उम्मेदवारको उम्मेदवारी खारेज

मोरङको केरावारी गाउँपालिकामा एमालेका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। केराबारी वडा नम्बर १ मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको हो।

लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानविनपछि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए। लिम्बू केराबारी गाउँपालिकाको महिला स्वयंमसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो।

उजुरीउपर निर्वाचन कार्यालयले निर्णय गरी उम्मेदवारी खारेज गरेको हो। केराबारीमा नेकपा एमालेका चारजना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। अन्य तीनजनाले भने सफाइ पाएको निर्वाचन अधिकृत न्यौपानेले बताए।

प्रकाशित: १५ वैशाख २०७९ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App