२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनका क्रममा भागेका आठ हजार ३ सय ७८ कैदीबन्दी अझै सम्पर्कविहीन

फाइल तस्बिर

गतसाता देशका विभिन्न २८ वटा कारगारबाट भागेका कैदीबन्दीमध्ये अझै आठ हजार ३ सय ७८ जना सम्पर्कमा नआएको कारागार व्यवस्थापन विभागले जनाएको छ । शुक्रबार तीन बजेसम्ममा भागेका मध्ये छ हजार ३ सय ७९ जना कारागार फर्किएका छन् । बाँकी अझै फरार छन् ।  

देशभरका कारगारबाट कुल १५ हजार ५ सय २१ जना भागेका थिए । भागेर फिर्तासहित अहिलेसम्म एक्काइस हजार ८ सय ६ जना देशभरका कारागारमा छन् । बन्दीहरु भाग्नु अघि देशभरमा तीस हजार ६ सय ३४ जना वन्दी थिए ।  

कारगार फिर्ता आउन बाँकी वन्दीलाई तुरुन्त फिर्ता आउन कारगार विभागले सूचना जारी गरेको छ । सूचनाका कारण र कतिपयलाई प्रहरीले पक्राउ गरी फिर्ता ल्याएको केन्द्रीय कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार कारगारको नियम उल्लंघन गर्ने कैदीको हकमा कारगार ऐन २०७९ अनुसार थप सजायको व्यवस्था हुने भएकोले समयमै फिर्ता आउने कैदीबन्दीको हकमा थप सजाय लागू हुँदैन । तर कारगार ऐन उल्लंघन गरी फरार भएका बन्दीको हकमा थप सजायको व्यवस्था छ ।  

जसमा कारगार तोडफोड गर्ने, कारगारबाट भाग्ने या भगाउने उद्योग गरेमा, कारगारभित्र हातहतियार प्रयोग गरेमा र सो उद्योग गरेमा, कारगाकारको नियम उल्लंघन गरेमा अपराध अनुसार बिभिन्न सजायको व्यवस्था गरिएको छ ।  

भागेर जानेको हकमा थप दश वर्ष जेल सजाय तथा दश लाखसम्म जरिवाना या दुवै सजाय, पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद तथा दुवै सजाय लगायतको व्यवस्था छ ।  

भागेका बन्दीहरुको सूची तयार गरी कारागार प्रमुखले प्रतिवेदन तयार गरी खोजबिनको लागि प्रहरीलाई दिइसकेकेको हुनाले सूचना जारी भए बमोजिम वन्दीहरु समयमै फिर्ता भएमा थप सजायँ भोग्नु नपर्ने निर्देशक न्यौपानेले बताए ।  

प्रकाशित: ३ आश्विन २०८२ १७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App