३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर सर्लाहीमा युवा व्यावसायीको मृत्यु

करेन्ट लागेर सर्लाही सदरमुकाम मलंगवामा एक जना युवा व्यावसायीको मृत्यु भएको छ। आफ्नै घरमा करेन्ट लागेर मलंगवा नगरपालिका ९ का ३६ वर्षीय अवधेस साहको मृत्यु भएको हो।  

मलंगवामा लामो समयदेखि रघुनाथ होटल संचालन गर्दै आएका रघुनाथ साहका छोरा अवधेश साहले चापाकलबाट पानी निकाल्न खोज्दा करेन्ट लागेको हो। चापाकलमा मोटर फिट गरिएको र मोटर चलिरहेको अवस्थामा करेन्ट लिक भएर चापाकलमा सरेको अनुमान गरिएको छ । चापाकलको हैन्डिललाई थिचेर पानी निकाल्न खोज्दा साहलाई घरेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

करेन्ट लागेर घटनास्थलमै बेहोस भएका साहलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराएका छन्।  

सर्लाहीमा गत हप्ता पनि एक जना विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको थियो।

प्रकाशित: २९ चैत्र २०७८ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App