१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

भारतबाट नेपालतिर अवैध रुपमा भित्र्याउन थालिएको दुई सय बोरा चिनी बरामद भएको छ। भारतको बिहार राज्यको राजधानी पटनाबाट आएका दुई ओटा भारतीय नम्बरको कन्टेनरबाट सर्लाहीको मलंगवा भन्सारले दुई सय बोरा चिनी बरामद गरेको छ।  

रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीले भारतमा पाँच सय बोरा धान खरिद गरेको थियो। धानको बोरा लोड गरेर ल्याएको युपि ६५ जेटि ७६०४ र युपि ६७ एपि ३९७२ नम्बर भएको दुई वटा कन्टेनर गत विहीवार मलंगवा भन्सारमा आएका थिए।

भन्सार कार्यालयमा जाँच पास गर्ने क्रममा भन्सारका कर्मचारीलाई दुवै कन्टेनरमा धानकै बोरा हो भन्नेमा शंका लागेपछि चेकजाँच गरिएको हो। चेक जाँचको क्रममा दुवै कन्टेनरबाट धानको बोरा बाहिर निकालिएको थियो।

धानको बोरा बाहिर निकाल्दै जाँदा दुवै कन्टेनरबाट एक/एक सय बोरा चिनी बरामद भएको मलंगवा भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी गराएका छन्। शंका लागेपछि दुवै कन्टेनरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी धानको बोरालाई बाहिर निकालेपछि चिनीको बोरा फेला परेको भन्सार प्रमुख काफ्लेको भनाइ छ।  

भारतमा उत्पादन भएको चिनी अवैध रुपमा नेपाल भित्र्याउन खोजेको र भन्सार कार्यालयलाई ढाँटेर चिनी अवैध रुपमा नेपालमा ल्याउन खोजेको भन्दै नियमानुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।  

भारतको भन्दा नेपालमा चिनी महँगोमा बिक्री हुने भएको र भन्सार कार्यालय भएर पनि एलसि खोलेर चिनी ल्याउने प्रावधान रहेकोले अवैध रुपमा नेपालमा चिनी भित्र्याउने गरिएको छ। मलंगवा भन्सारले अवैध रुपमा ठूलो परिमाणमा अवैध चिनी फेला परेको पहिलो घटना हो।

सर्लाही प्रहरी प्रमुखको एसपि प्रवीण पोखरेल आएपछि तस्करी नियन्त्रणको अभियान नै चलाएका छन्।

प्रकाशित: २८ चैत्र २०७८ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App