८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटको लमहा नदीमा भेटियो महिलाको शव

रौतहटको एउटा खोलामा महिलाको शव भेटिएको छ। रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो।  

स्थानीयले पानीमा महिलाको शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। खोलामा शव देखिएको खबर थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेको थियो।  

पानीबाट महिलाको शव निकालेर स्थानीयलाई चिनाउँदा कसैले चिनेको भनेर नबताएको प्रहरीको भनाइ छ। महिलाको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

शुक्रबार साँझसम्म महिलाको पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App