१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

खोलामा माछा मार्ने चार जनाविरुद्ध मुद्दा

खोलामा जथाभावी विद्युतीय धार (करेन्ट) प्रयोग गरेर माछा मार्ने चार जनालाई दैलेख प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। स्थानीयहरुले करेन्ट लगाएर माछा मार्दै गरेको खवर प्रहरीलाई दिएपछि प्रहरीले पक्राउ गरेको हो।

जलचर संरक्षण ऐन २०१७ विपरित कार्य गरेको अभियोगमा विद्युतिय धार (करेन्ट) प्रयोग गरेर माछा मार्दै गरेका नारायण नगरपालिका –८ का स्थानीय २६ वर्षीय रमेश रावल, २८ वर्षीय गणेश रावल, १८ वर्षीय कृष्णबहादुर रावल र  २८ वर्षीय धर्मराज सिंहलाई स्थानीय लोहोरे खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट ब्याट्री १ थान, जाल २ थान, ईन्भटर १ थान, तार १ थान, बासको टाङ्गा लाठी २ थान, माछा १८ वटा अन्दाजी १ केजी प्रहरीले बरामद गरेको छ। खोला आसपासका गाउँहरुमा विषादी प्रयोग, विद्युतिय सामाग्री प्रयोग र विष्पोटक पदार्थ प्रयोग गरेर माछा नमार्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट बारम्वार सुचना समेत जारी भईरहेको थियो।

नियम विपरित माछा नमार्नका लागि सुचना गाउँगाउँमा पुगेको अवस्थामा अटेर गर्नेलाई कानुन बमोजिम कार्वाहीका लागि मुद्दा अगाडी बढाईएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। ‘प्रहरीले जलचर सम्वन्धी कानुनी कुराहरु व्यापक रुपमा सुचना सन्देश मार्फत गाउँगाउँमा पु¥याएको छ।’

डिएसपी साहले भने, अटेर गरेको खवर पाएसंगै प्रहरी सक्रिय भएर खोजी कार्य गरि कानुनी कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाउँछौं।’ दुई महिनादेखी जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार जलचर संरक्षण ऐन २०१७ कार्यान्वयनका लागि जिल्लाभर प्रहरीहरु सक्रिय भएका हुन्। यसअघि पनि प्रहरीले जथाभावी माछा मार्नेलाई मुद्दा चलाईसकेको छ। स्थानीय प्रशासनले घटनाको प्रकृती हेरेर मुद्दाको फैसला गर्ने जनाईएको छ। विस्फाेटन, करेन्ट र विष प्रयोग गरेर माछा मार्दा साना हुर्किदै गरेका माछाहरु समेत मर्ने जसले गर्दा जलचर चक्रमा असर गरी माछा र पानीमा रहने अन्य जिवहरु लोप हुने गर्दछ।

प्रकाशित: २२ फाल्गुन २०७८ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App