१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जुम्ला प्याकुरेबाडा-मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

जुम्लाको गुठिचौर गाउँपालिका ४ को प्याकुरेबाडा–मुडुरी हुदैँ डोल्पा जोड्ने सडक शिलान्यास भएको छ। गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।  

प्याकुरेबाडा–मुडुरी,गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक पनि शिलान्यास भएको हो। यो सडक हिउँदको लागि निकै उपयुक्त हुनेछ। डोल्पा सडक पुर्‍याउनका लागि दुहियाभिड फोड्नु पर्ने अध्यक्ष भण्डारीले बताए। उनले भने,‘गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ। यसले डोल्पा जुम्लाको व्यापारीक सम्बन्धलाई बलियो बनाउने देखिएको छ।’

गुठिचौर देखि डोल्पा सम्म सडक पुर्‍याउनका लागि २ करोड ६०  लाख  रुपैयाँ विनियोजना भएको छ। सडक निमार्ण गर्न गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख तथा कर्णाली प्रदेशको समपुरक बजेटबाट १ करोड ३० रकम विनियोजन भएको अध्यक्ष हरिबहादुर भण्डारीले बताए।

सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारी सडकको गुणस्तरीयता र मापदण्डको बिषयमा ख्याल पुर्याउन आग्रह गरे। काम चलाउनका लागि सडक खन्नु आवश्यक छैन। सडकको चौडाइँ,लम्बाइ र गुणस्तरमा ध्याय दिनु पर्नेमा जोड दिए।  

सडक शिलान्यास गर्न गुठिचौर ४ का वडाध्यक्ष जग्गीप्रसाद जैसी, प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटा सव इन्जिनियर मिमबहादुर भण्डारी,योजना शाखा प्रमुख विष्णुप्रसाद देवकोटा र स्थानीय सहभागि थिए।  

यो सडक निर्माण पछि डोल्पा जान निकै छिटो छरितो हुने अध्यक्ष भण्डारीले बताए। अन्य सडक भन्दा त्यो सडक छोटो हुनेछ,अध्यक्ष भण्डारीले भने,‘यो सडकमा १२ महिनाको लागि सहज यात्रागर्न  सकिनेछ। हिलो,धुला,हिउँको कुनै प्रवाह हुने छैन। अहिले हिलो,हिउँको समस्याबाट छिटै मुक्ति मिल्ने छ। ’

जुम्ला र डोल्पाको व्यापारी नाका गुठिचौर गाउँपालिका हो। व्यापारका सामान आयत तथा निर्यात गर्न सजिलो हुने ४ का वडा अध्यक्ष जग्गी प्रसाद जैसीले बताए। उनले भन्ने, ‘जुम्लाको जडिबुटी र स्याउ,डोल्पाको बहुमुल्या यार्सागुम्बा सहितका जडिबुटी ओसारपसार गर्न राहत पुग्नेछ।  यो कर्णालीको लागि निकै लाभदायक सडक हुनेछ।’

सडक शिलान्यास गरिसकेपछि गुठिचौर ४ का १ सय ११ जना जेष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो। ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो। महिलाहरूलाई एक पछौरा र पुरुषलाई एक कम्बल उपलब्ध गराएको वडा अध्यक्ष जग्गी प्रसाद जैसीले बताए।

प्रकाशित: ११ फाल्गुन २०७८ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App