४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन्।  

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: ११ फाल्गुन २०७८ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App