६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिउँ खेल्न जाँदा हराएकाहरुको शव भेटियो

११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाकका दुई किशोरको शव भेटिएको छ। माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घलेको आईतवार दिउँसो शव भेटिएको स्थानीयले बताएका छन्।  

बारपाक सुलिकोट १ तिम्रा भन्ने ठाउँको खोँचमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए। शव भेटिएको स्थान हेर्दा हिउँ परेको समयमा भिरबाट लडेर खोँचमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।  

आफन्तले माघ २३ गते प्रहरीमा उजुरी गरेपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए।

प्रकाशित: १ फाल्गुन २०७८ १४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App