coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीमा कोरोनाका कारण बन्द भएका सबै सेवा खुल्ला गरिने

कोरोनाभाइरस संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गदैं आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ।

शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहेपनि लामो समयसम्म बन्दलाई निरन्तरता भन्दा जनस्वास्थ्यको मापदण्डको अनिवार्य पालना सहित खुल्ला गर्ने निर्णय भएको संयोजक एवम् प्रजिअ चिरञ्जीवि रानाले बताए। ‘कोरोनाको जोखिम अझै टरेको छैन्,‘सेवा सुचारु गरेपनि मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्छ’ प्रजिअ रानाले भने।

जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुष्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुन समेत अपिल गरिएको छ। त्यस्तै समुहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ। जिल्लाभित्र फुटबल, भलिबल जस्ता खेलकुदजन्य गतिविधिमा दर्शकको क्षमता अनुसार उपस्थितीको अवस्था अहिले नभएकाले कडाई गरिएको डिसिसिएसीले जनाएको छ।

हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, तातोपानी कुण्ड, समूहमा खेलिने खेल, स्विमिङ्ग पुल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, जिम, धार्मिक स्थल लगायतका क्षेत्र बन्द छन्। खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तिय तथा भिडभाड हुने होटल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप लगायको कार्ड देखाउनुपर्ने जनाइएको छ।

यसैबीच बेनी नगरपालिका–४,मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्ने पाउने कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड ब्यवस्गापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए।

अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन्। मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ।

जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमामा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्टीक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामीहरु आउने गर्दछन्। कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ।

प्रकाशित: २८ माघ २०७८ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App