४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन साझेदारको हत्या प्रकरणः थप दुईजना पक्राउ

मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदबारीमा गरी ३ जनाको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्।  

धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान–३ घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो भने माघ २० गते बिहीबार ललितपुरमा मोहन लिम्बूसमेत गरी ३ जनाको शव एकै प्रकृतिबाट हत्या र खाल्डोमा गाडिएको अवस्थानबाट प्रहरी उत्खनन गरेको थियो।  

३ जनाको हत्यामा संलग्न भएको आरोपमा थप २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ रंगेली–३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगञ्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। यसअघि सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार अनिल मण्डल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ।  

मण्डलसहित हत्या गरिएको ३ जना जग्गा तथा अन्य व्यवसायिक साझेदार रहेको थिए। व्यवसायबाट आएको कमिसन र अन्य आर्थिक लाभ एकलौटी बनाउने उद्देश्यका साथ मण्डलले आपराधिक व्यक्ति प्रयोग गरी आफ्ना साझेदारको हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य थपको खोजी कार्य भइरहेको जनाएको छ।  

यो पनि पढ्नुहोस्

आर्थिक लाभ एकलौटी पार्न हत्या: तीनजना पक्राउ

प्रकाशित: २२ माघ २०७८ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App