४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पमा भत्किएको प्रहरी कार्यालय बल्ल तयार

जिल्ला प्रहरी कार्यालय गोरखाको भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक क्षेत्री। तस्बिरः नागरिक

प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। भूकम्पमा भत्किएको भवन ८ करोड एकलाख २७ हजार रुपैयाँमा पुनःनिर्माण भएको हो।  

आईतवार भवन उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले अहिले पनि कतिपय ठाउँमा प्रहरी पानी चुहिने भवनमा बस्नुपरेको बताउँदै सबैतिर पक्की भवन बन्न अझै केही वर्ष लाग्ने बताए। ‘आगामी दिनमा हामी सबै ठाउँमा भबन बनाउने दिशातर्फ उन्मुख छौं,’ उनले भने ‘यो सपना पुरा हुन भने हामीले अझै केही वर्ष पर्खनुपर्छ।’

कठिन परिस्थिती र चुनौतीपूर्ण अवस्थामा प्रहरी रहेको बताउँदै प्रतिकुलताबीच अनुकुलता ल्याउनु प्रमुख दायित्व भएको उनले बताए। नेपाल प्रहरीलाई आम नागरिकबाट गौरब गर्न मिल्ने गरी सहयोग प्राप्त भएको बताउँदै उनले भने ‘स्थानीयको सहयोग र आँटले थुप्रै भबन बन्न सक्छ, त्यसले प्रहरीको सेवामा पनि सुधार हुन्छ।’  

तल्लो दर्जाका प्रहरीलाई लक्षित गर्दै उनले सेवा सुविधा थप गर्ने गरी प्रहरी ऐन नियमको केही दफा परिर्वतन भएको बताए। ‘कसरी तल्लो दर्जाका प्रहरीलाई सेवा सुविधा दिन सकिन्छ भन्ने कुरामा प्रधान कार्यालय चिन्तित छ,’ उनले भने। भबन निर्माणमा सहयोग गर्ने निर्माण कम्पनी, गोरखा नगरपालिका, जिल्ला समन्वय समिति लगायतलाई सम्मान गर्दै उनले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद दिए।  

भवन बनाउन रोयल कन्ट्रक्सन धनगढीले २०७५ पुस ४ गते निर्माण सम्झौता गरेको थियो। कार्यालय भबन हिरासत, ब्यारेक, निबास, मेस गरी पाँचवटा भबन निर्माण भएको डिएसपी केबिनजंग थापाले बताए। जिल्ला प्रहरी कार्यालय भित्रै सिनियर प्रहरी अधिकृत आवास भवन एककरोड २४ लाखमा भूमिस्थान कन्ट्रक्सनले निर्माण गरेको उनले बताए।  

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले नयाँ भबन बनेसँगै सेवा प्रबाह गर्न सहज हुने बताए। भबन अपांगमैत्री बनाइएको छ। पहिले साँघुरो कोठाबाट सेवा दिएको जिल्ला प्रहरी कार्यालयले नयाँ भबनबाट सेवा सुरु गरिसकेको उनले बताए।  गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न प्रहरीसँग स्थानीय सरकारको सहकार्य राम्रो रहेको बताए। उनले प्रहरीलाई प्रविधी मैत्री बनाउँदै जानुपर्नेमा जोड दिए।  

गोरखामा छ सय ९७ जना प्रहरीको दरबन्दी छ । तर अहिले पाँचसय २५ जना मात्र कार्यरत छन्। दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रबाहमा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए।  गोरखामा अझै केही युनिट स्थापना गर्न बाँकी रहेको, १२ वटा अस्थायी चौकी रहेको बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले बिस्तारै ब्यवस्थापन गर्दै जाने बताए। प्रहरी महानिरीक्षक क्षेत्रीले विसं २०१२ देखि २०४५ सम्म प्रहरी सेवामा कार्यरत नारायणभक्त अर्याललाईसम्मान गरेका थिए।

प्रकाशित: १६ माघ २०७८ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App