१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

फोनिज बागमतीको अध्यक्षमा युवराज

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन्। पुस २१ र २२ गते हेटौंडामा भएको महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत २८ सदस्यीय २१ कार्यसमिति गठन गरिएको आयोजकले जनाएको छ।

समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पूर्णबहादुर मगर, उद्धवकुमार श्रेष्ठ, अर्विन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ, रविन्द सिंजाली मगर, दिक्की डोल्मा शेर्पा, पूर्वा तामाङ, सञ्जय चौधरी, हिरालाल गुरुङ सर्वसम्मत चयन भएका छन्।

२१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एक जना मनोनयन गरिने जनाएको छ। यस्तै दोस्रो प्रादेशिक अधिवेशनबाट संघीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरेको छ।

प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन गरेको छ। राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ।

प्रकाशित: २४ पुस २०७८ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App