२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

यातायात व्यवस्था कार्यालयबाट ११ जना विचौलिया पक्राउ

काठमाडौँ महानगरपालिका वडा नं १५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ११ जना विचौलिया पक्राउ परेका छन्।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिने र सेवाग्राहीहरुलाई जवरजस्ती तानी अनावश्यक दुःख दिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका २ बस्ने वर्ष २४ का अजय मगर, तावाश्री गाउँपालिका ९ बस्ने वर्ष २७ को सुरज मगर, सर्लाहीको राजघाट गाउँपालिका ७ बस्ने वर्ष २४ का हेमबहादुर खपाङ्गी, जानकी गाउँपालिका ३ बस्ने वर्ष १९ का साजन मगर, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका १ बस्ने वर्ष ३३ को विश्ववल्ल भलामा, चन्द्रनिगाहपुर नगरपालिका १ बस्ने वर्ष २४ को सुवास योन्जन लामाकास्की भरतपोखरी गाउँपालिका १ बस्ने वर्ष २४ को सृजन थापा, लमजुङ दुधपोखरी गाउँपालिका ८ बस्ने वर्ष ३२ को मेघराज गुरुङ, बाँकेको नेपालगंज उपमहानगरपालिका १९ बस्ने वर्ष १९ को सुशान गिरी, काठमाडौँको नागार्जुन नगरपालिका २ बस्ने वर्ष २८ को लक्ष्मण सुनुवार र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.८ का वर्ष ३२ का विज्ञान सुनुवार रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेश राज मैनालीका अनुसार सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धानका लागि पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: २१ पुस २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App