coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

यातायातका महानिर्देशकलाई अभद्र व्यवहार गर्दै कालोमोसो

अवैध लाइसेन्सको छानबिन गरेका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललाई विचौलियाहरुको समूहले अभद्र व्यवहार गर्दै कालोमोसो दलेका छन्।

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

हत्याका आरोपीलाई अभद्र व्यवहार मुद्दा

हत्याको आरोपमा भारतबाट पक्राउ गरी ल्याएको अपराधीलाई प्रहरीले अभद्र मुद्दा चलाएको पाइएको छ। मुद्दालाई कमजोर बनाउन तथा आरोपीलाई उन्मुक्ति दिने नियतले प्रहरीले हत्या आरोपीलाई अभद्र मुद्दा चलाएको आशंका गरिएको छ।

पदाधिकारीको अभद्र व्यवहारले नतिजा छायामा

मैदानबाहिर दुवै टोलीका पदाधिकारीको अभद्र व्यवहार र खेलाडीबीचको तनावले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत संकटा क्लब र विभागीय टोली एपिएफबीचको नवाैं चरणको खेलको नतिजालाई छायामा पारेको छ।

सैनामैनाबाट अपहरणमा परेका दाजुबहिनीको बिर्तामोडबाट उद्धार

पौडेल नातामा बालबालिकाका फुपाजु हुन्। घरायसी रिसइबी र श्रीमतीसँगको बेमेलको बदला लिन बालबालिकाको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पौडेल यसअघि आफ्नै श्रीमतीविरुद्ध गरेको अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत मुद्दामा थुनामा परेका व्यक्ति हुन्।

यातायात व्यवस्था कार्यालयबाट ११ जना विचौलिया पक्राउ

उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धानका लागि पठाइएको प्रहरीको भनाइ छ।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

डाक्टरलाई अभद्र व्यवहार गरेका वीपीका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ।

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

अभद्र व्यवहारमा चलाइएको मुद्दा गलत ठहर

काठमाडौं जिल्ला अदालतले प्रहरीले सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्ने एक व्यक्तिलाई अभद्र व्यवहारमा मुद्दा चलाएर थुनामा राखी जरिवाना गरिनु गलत भएको ठहर गरेको छ। पौडेललाई सफाइ पाउने फैसला गरी लिइएको जरिवाना २ हजार रुपैयाँसमेत फिर्ता गर्न आदेश दिइएको छ।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्