१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा

टुहुरा बालबालिका र विपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा वितरण गरिएको छ। ह्यूमन अपील अस्ट्रेलियाको सहयोगमा ईस्लामी संघ नेपाल कपिलवस्तुले ८० टहुरा बालबालिका र ५० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

बालबालिकालाई ज्याकेट, टोपी र मोेजा हस्तान्तरण गरिएको थियो। यस्तै गरिब, असहाय, एकल महिला गरी ८० जना विपन्नलाई ब्ल्याङ्केट उपलब्ध गराइएको थियो। कार्य वाहक वडा अध्यक्ष नाजुल लईन र संघका अध्यक्ष ताहिर महमुदले उनीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए।

सो अवसरमा अध्यक्ष महमुदले शीत लहरका बेला जीवनयापनामा सहजताकालागि टुहरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको बताए। ‘गरिब विपन्न परिवार र टुहुरा बालबालिकाहरु जाडोले गर्दा समस्यामा परेका छन्, हामीले सामाजिक उत्तरदायित्व बोध गरेर यो कार्यक्रम गरेका हौं’ उनले भने। आफूहरुले गरिब र विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए।

कार्य वाहक वडाअध्यक्ष लईनले शीत लहरको बेला टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर पून्यको काम गरेको बताए। उनले संस्थाको यो काम आफैंमा नमुना याेग्य भएको बताए। जाडो बढीरहेको बेला न्यानो कपडा पाए पछि टुहुरा बालबालिका र विपन्न परिवार खुसी भएका छन्।

प्रकाशित: २१ पुस २०७८ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App