१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

स्कुल बस पल्टिँदा सात विद्यार्थी घाइते

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ बर्सौलीमा विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा सात जना विद्यार्थी घाइते भएका छन्। 

सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो। शुद्धोदन गाउँपालिका १ बगदीमा रहेको स्कुलको स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ। 

दुर्घटनामा मायादेवी गाउँपालिका ३ खैरेटी बस्ने वर्ष १२ को प्रान्सु पाल, वर्ष १४ की अनिता बराई, ११ को विशेष थारु, वर्ष ८ को अमन यादव, वर्ष ८ को सुदिप यादव, टिकौली बस्ने वर्ष १० की आईसा भट्टराई, वर्ष १४ की गुन्जा कहार घाइते भएका हुन्। घाइतेहरूलाई युनिभर्सल मेडिकल कलेज भैरहवा उपचारका लागि पठाइएको छ।

प्रकाशित: २१ पुस २०८२ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App