१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

जिल्लाका ३ स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्।

कोल्बुङस्थित सानो पाथीभरादेवीको दर्शन गरेर फर्किनेक्रममा मेची राजमार्गको सूर्याेदय नगरपालिका–७, सुकेपोखरीमा मारुती भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मे १ ज ३३०७ नम्बरको भ्यान दुर्घटना हुँदा माइजोगमाई गाउँपालिका ४ का ४० वर्षे भरत घिमिरे र त्यही स्थानका ७६ वर्षे रामप्रसाद तिम्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भ्यान सडकबाट खसेर दुर्घटना हुँदा गम्भीर घाइते उनीहरूलाई झापाको बिएन्डसी अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताए। दुर्घटनामा ७ जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार भ्यान आफैं अनियन्त्रित भइ दुर्घटना भएको उनले जनाए। इलामकै माइजोगमाई गाउँपालिका ३ र ४ नामसालिङबाट उनीहरू पाथीभराको दर्शन गर्न गएका थिए। घाइतेहरूको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

माईजोगमाई गाउँपालिका–४, नामसालिङमै ट्र्याक्टरबाट झरेर एक जनाको मृत्यु भएको छ। स्थानीय गैरीगाउँबाट नेपालज्योति गाउँ जाँदैगरेको पराल बोकेको मे १ त ११७३ नम्बरको ट्र्याक्टरमा सवार ५४ वर्षे पूर्णबहादुर घलेको मृत्यु भएको हो। ट्र्याक्टरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। चालक ताप्लेजुङको याङ्वरक गाउँपालिका–१ का २० वर्षे टेकेन्द्र शिवा दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सूर्याेदय नगरपालिका–६, तारगाउँस्थित भित्री सडकमा मे १ त ७९८९ नम्बरको ट्र्याक्टर सडकबाट खस्दा ३ जना घाइते भएका छन्। ट्र्याक्टरमुनि च्यापिएर घाइते भएका उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७८ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App