८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो।

सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App