२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

परीक्षा उर्तीण गरेकाहरुले पनि चालक अनुमति पत्र पाएनन्

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन्। लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्।

यातायात व्यवस्था विभागले गत वर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ। तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन्। विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ।

विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ। विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए। उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिफ्टमा छर्पांको काम गरेर भएपनि वितरण गर्ने बताए।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो। विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।

प्रकाशित: १७ कार्तिक २०७८ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App