२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो।

आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो। बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा प्रतिकिलो तीन सयका दरले फूल बिक्री सुरु गरेका छन्। सिङ्गा र वरपरका ठाउँबाट तिहारका लागि फूलको अत्याधिक माग आएको सञ्चालक केसीले बताए।

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ। यसअघिका वर्षमा उन्नत जातको सयपत्री फूलखेती गरेको थियो। यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन्। उत्पादन र बिक्री राम्रो भएको सञ्चालक केसीले बताए।

अघिल्ला वर्षमा एकदेखि डेढलाख मूल्य बराबरको फूल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ। तिहारमा पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ। अन्य समय पूजाआजाका साथै सभा समारोह आयोजना गर्दा पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिँदा फूल आवश्यक पर्छ।

बेनी बजार र आसपासका क्षेत्रमा घरायसी प्रयोजनका लागि लगाएको फूलको बोटबाट बढी उत्पादन भएमा मात्र फूल बेच्ने चलन छ। केही वर्षयता तिहारमा बजार वरपरका ग्रामीण क्षेत्रका किसानले फूल बेच्न आउन थालेका छन्।

प्रकाशित: १८ कार्तिक २०७८ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App