coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा युवक आत्महत्या प्रकरणः घटना छानबिन गर्न सात सदस्यीय समिति

क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयमा सिफारिस

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। छानबिन समितिसँगै मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।

केही दिन अगाडि पक्राउ परेको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का २५ वर्षे हकिव मियाँले प्रहरी कार्यालय भित्रको हिरासतमा गाम्छाको पासो लगाएर आत्महत्या गरेपछि आज बिहानैदेखि इनरुवाको अवस्था तनाबग्रस्त भएकोमा अहिले सहज भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेष पोखरेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमतिपछि अहिले सहज भएको हो।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका कार्यबाहक अध्यक्ष पुनम मेहता, इनरुवा वडा नं. ९ का वडाध्यक्ष वसुर मुदिन अनसारी, भोक्राहा नरसिंह वडा नं.  ५ का वडाध्यक्ष वसिर मनसुरी र अन्य दुई जना मृतकका आफन्त रहने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उनका अनुसार छानबिन अहिलेसम्म सक्ने टुंगो नलागेपनि भोलि नयाँ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आएपछि टुंगो गरिनेछ।

जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारका लागि क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयमा सिफारिस गर्ने पनि सहमति भएको छ। सहमतिसँगै अहिले मृतकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो। बिहानैदेखि पूर्व-पश्चिम राजमार्गमा अवरूद्ध भएका सवारी साधन पनि सुचारु भएका छन्।

इनरुवा वडा नं. ९ बबियाका एक युवतीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरेको थियो। पक्राउ परेका हकिवले पसो लगाएर आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ। तर, युवकका आफन्तले भने प्रहरी हिरासतमा प्रहरीले नै मारेको अरोप लगाएका छन्।

यो पनि पढ्नुहोस्

प्रहरी हिरासतमा रहेका युवकले आत्महत्या गरेपछि तनाबग्रस्त इनरुवा

यो पनि पढ्नुहोस्

प्रहरी हिरासतमा एक युवाले गरे आत्महत्या

प्रकाशित: २४ आश्विन २०७८ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App