coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा रहेका युवकले आत्महत्या गरेपछि तनाबग्रस्त इनरुवा

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनापछि अहिले इनरुवाको अवस्था तनाबग्रस्त भएको छ।  

केही दिन अगाडि पक्राउ परेको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का २५ वर्षे हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा गाम्छाको पासो लगाएर आत्महत्या गरेपछि इनरुवाको अवस्था तनाबग्रस्त भएको हो। इनरुवा तथा आसपासका बासीन्दाले आज बिहानैदेखि इनरुवा बजार बन्द गरि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि तनाबग्रस्त भएको हो।  

प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि केही बेर अघि प्रहरीले लाठी चार्ज र केही राउन्ड अश्रृग्यास प्रहार गरि भीड तितरवितर पारेपनि फेरि प्रदर्शनकारीले संगठीत भएका छन्। उनीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन्। 

स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि राजनीतिक दलका नेतृत्वले प्रयास गरि रहेपनि सम्भव हुन सकेको छैन। संघीय सांसद सीताराम मेहताले संसदीय छानविन समिति गठन गर्न दबाब दिने र स्थिती सहज बनाउन प्रदर्शनकारीलाई आग्रह गरि रहेको बताए।

इनरुवा वडा नं. ९ बबियाका एक युवतीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरेको थियो। पक्राउ परेका हकिवले पसो लगाएर आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ। तर, युवकका आफन्तले भने प्रहरी हिरासतमा प्रहरीले नै मारेको अरोप लगाएका छन्।

प्रकाशित: २४ आश्विन २०७८ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App