१७ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

बिग्रियो वायु प्रदूषण सूचक

विराटनगर स्थित डिभिजन वन कार्यालय मोरङमा बन्द अवस्थामा रहेको वायु प्रदूषण मापक सूचक । तस्बिर : विनोद/नागरिक

विराटनगर स्थित डिभिजन वन कार्यालयमा राखिएको वायु प्रदूषण सूचक बिग्रिएको छ। सूचकले नयाँ तथ्याँक अपडेट नगरेको ३ महिना भइसकेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ।  

सूचकको स्क्रिनमा सँधै एउटै तथ्याँक देखिएपछि स्क्रिनमा जडान गरिएको विद्युत कटौती गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए। करिब एक वर्ष पहिले जडान गरिएको सूचकको स्क्रिनमा देशभरका विभिन्न स्थानको वायु प्रदूषणको मात्रा देखिन्थ्यो। 

सूचकले सहि तथ्याँक नदेखाएपछि वातावरण विभागलाई जानकारी गराईएको ठाकुरले बताए। तर, वातावरण विभागले सूचक मर्मत र तथ्याँक अपडेटमा चासो नदेखाएपछि सूचकको स्क्रिनमा जाने विद्युत कटौती गरिएको उनले बताए। ‘सूचकले विराटनगरलगायत देशभरका मुख्य सहरहरूको वातावण प्रदूषणको मात्रा देखाउँथ्यो’, उनले भने, ‘तथ्याँक अपडेट नभएपछि स्क्रिन चालु राख्नु उचित देखिएन।’ वातावरण विभागले प्रदेश १ का ५ स्थानमा वायु प्रदूषण मापम जडान गरेको थियो। तर, कुनै पनि मापकले हाल काम नगरेको ठाकुरले बताए।  

वायु प्रदूषण मापकले सहि तथ्याँक नदेखाएपछि प्रदेश १ को राजधानी विराटनगरलगायत देशभरको प्रदूषणको अवस्था अज्ञात रहेको छ। नयाँ उपकरणहरू जडान गर्ने तर, मर्मत संभार र सञ्चालनमा ध्यान नदिने प्रवृत्तिले सरकारले वातावरण प्रदूषण नियन्त्रणमा गरेको लगानी खेर गइरहेको छ। सूचकले मानवस्वास्थ्यलाई हानी गर्ने गरी वायु प्रदूषण भएको स्थानको रातो र वायु प्रदूषण न्यून भएको स्थानको हरियो रंगमा तथ्याँक देखाउथ्यो। 

देशभरका मुख्य शहरहरूको वायु प्रदूषणको मात्रा सूचक जडान भएका जुनसुकै स्थानबाट पनि वायु प्रदूषण मापक सूचकको सहायताले हेर्न सकिन्थ्यो। तर, सूचक विग्रिएपछि वायु प्रदूषणको मात्रा पत्ता लगाउन र सम्बन्धित निकायलाई सुधार गर्न र स्थानीय वासिन्दाहरूलाई सचेत गराउनसमेत असम्भव भएको छ। 

गत वर्ष सूचकले विराटनगरको वायु प्रदूषणको मात्रा बढेर मानवस्वास्थ्यलाई जोखिम हुने स्तरमा पुगेको तथ्याँक देखाएपछि विराटनगर महानगरपालिकाले नगरवासीलाई सचेतसमेत गराएको थियो।

प्रकाशित: ८ आश्विन २०७८ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App